असार १ गतेदेखि रेडियो र टिभीबाट पढाई सुरु (तालिकासहित)

काठमाडौं । असार १ गते (भोली) बाट रेडियो र टिभीबाट पढाई सुरु हुने भएको छ । सरकारले रेडियो र टेलिभिजनबाट पढाउन सुरु गर्ने भएको हो । कोरोनाको महामारी तथा लकडाउनले विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवामार्फत् सरकारले पढाउन सुरु गर्ने जनाएको छ ।

शिक्षा मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले कक्षा एकदेखि आठ कक्षासम्मको असार १ गते देखि सुरु हुने पढाइ तालिका सार्वजनिक गरेको छ ।

असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने भएको छ । कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जनाएको छ ।

प्रतिक्रिया