चीनमा ६ नयाँ संक्रमित भेटिए

चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ नयाँ संक्रमित भेटिएका छन् । नयाँ संक्रमित ६ जनामध्ये पाँचजना संक्रमणको कुनै पनि लक्षण देखिएको थिएन ।

समाचार एजेन्सीका अनुसार चीनमा एकदिन अघि पनि तीन नयाँ संक्रमित भेटिएका थिए । नेशनल हेल्थ कमिशनका अनुसार पाँचजनामा कोरोनाका कुनै पनि लक्षण देखिएका थिएनन् ।

जोन्स होपकिन्स युनिभर्सिटीको वेबसाइटमा भएको जानकारी अनुसार चीनमा ८४ हजार बढि संक्रमित भेटिएका छन् । चीनमा कारेना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३८ छ । बीबीसी

प्रतिक्रिया