आज मात्रै थपिए ३३४ जना संक्रमित, कुल संख्या २६३४ पुग्यो

काठमाडौं । बिहीबार मात्रै थप ३३४ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज ३३४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २६३४ जना पुगेको छ । पछिल्लो पटक बिहीबार ३३४ जना संक्रमित थपिएका हुन् । यसैगरी,
२९० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । साथै, यही संक्रमित मध्येबाट १० जनाको मृत्यु भएको छ ।

पछिल्लो पटक कोरोनाबाट पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोनाबाट मृतकको संख्या १० जना पुगेको हो ।

ती पुरुषको पाल्पा तानसेनको मिसन अस्पतालमा गत जेठ २० गते उपचारका क्रममा मृत्यु भएकोमा आज कोरोना पुष्टि भएको छ । उनी केही दिनअघि मात्रै भारतबाट फर्किएका थिए ।

प्रतिक्रिया