चिनियाँ विमानलाई अमेरिका प्रवेशमा रोक

एजेन्सी । अमेरिकाले आगामी जुन १६ बाट चिनियाँ विमानलाई आफ्नो देश प्रवेशमा रोक लगाउने बताएको छ । अमेरिकी विमानलाई बेइजिङले उसको देशमा सेवा सूचारु गर्न अनुमति नदिएपछि सजाय स्वरुप अमेरिकामा चिनियाँ विमान प्रतिबन्ध लगाइने अमेरिकी यातायता विभागले जनाएको छ ।

हालै दिनमा अमेरिका र चीनबीच कोरोना भाइरस र हङकङको विषयलाई लिएर तिक्तता बढेको छ । चीनले कोरोनाको प्रभावबारे ढिलो सूचना दिएपछि कोरोना विश्वव्यापी बनेको अमेरिकाले आरोप लगाएको छ । यस्तै, हङकङ चीनबाट स्वतन्त्र बन्नु पर्ने अमेरिकी भनाइबीच हालै चीनले हङकङको लागि नयाँ सुरक्षा कानून बनाएको छ ।

अमेरिकी यातायात विभागले एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउथर्न एयरलाइन्स र हेनान एयरलाइन्सलाई तत्कालका लागि अमेरिका प्रवेशमा निशेध गर्ने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा सहमति जनाएपछि चिनियाँ विमान अमेरिका प्रवेश गर्न पाउने छैनन् ।

प्रतिक्रिया