धादिङ प्रवेश गर्ने प्रत्येक नाकामा कडाई

धादिङ । धादिङ प्रवेश गर्ने प्रत्येक नाकामा थप कडाई गर्ने जिल्ला सुरक्षा समिति धादिङले निष्कर्ष निकालेको छ । कोरोना भाइरस रोकथाम तथा उपचारको सम्बन्धमा जिल्ला सुरक्षा समिति धादिङको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न धादिङ जिल्लासगँ जोडिएको प्रत्येक सीमानाका आवागमनमा थप कडाई गर्न लागीएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

प्रजिअ तामाङका अनुसार जिल्लासगँ जोडिएको प्रत्येक सीमानाका आवागमनमा थप कडाई गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई गस्ती गर्न जिम्मासमेत दिइसकेको छ । बैठकले धादिङमा कोरोनाको अवस्था, क्वारेन्टाइनको व्यवस्था, राहत वितरण, लकडाउनका कारण अलपत्र परेकाको उद्धार, उपचार, बजारको अनुगमन र आपूर्ति व्यवस्थालाई सहजिकरण गर्ने समेत निर्णय गरेको छ ।

धादिङ जिल्लाअन्र्तगत त्रिभुवन राजपथ अन्र्तगत पूर्व सीमाना धुनीबेसि नगरपालिकाको पिप्लामोड र पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिकाको मौवा खोलामा पैदल यात्रा पूर्णरुपमा रोक लगाइने, स्थानीय स्तरमा उत्पादन भएका तरकारीहरु नजिकको संकलन केन्द्रमा संकलन गरी थोक बिक्रेतामार्फत बजारसम्म पुर्याउने व्यवस्था गर्ने, आम नागरिकलाई आवश्यक दैनिक उपभोग्य वस्तुको सहज आपुर्तिको लागि बिहानदेखि बेलुकासम्म दुध र तरकारी पसलहरु खुल्ला गर्ने र अन्य प्राकृतिक पसलहरु बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्ने समेत निर्णय गरेको छ ।

त्यस्तै, स्वास्थ्य सामग्री, उद्योगहरु, किसानलाई आवश्य पर्ने रासायनिक मल र विउ सहजरुपमा उपलब्ध गराउन सम्बन्धित निकायमा अनुरोध गर्ने र भारत लगायत तेस्रो मुलुकबाट आएकालाई क्वारेन्टाइनमा नै स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने समेत बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया