कोसी अस्पतालबाट २८ जना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी

काठमाडौं । कोसी अस्पतालबाट आज २८ जना संक्रमित डिस्चार्ज हुने भएका छन् । प्रदेश १ बाट बिहीबार थप २८ जना कोरोना संक्रमित डिस्चार्ज हुने विराटनगरको कोसी अस्पतालमा उपचाररत २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज डिस्चार्ज हुन लागेको अस्पतालले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक गरी २८ जना डिस्चार्ज हुनेछन् । उनीहरु मध्ये ६ जनामहिला र २२ जना पुरुष रहेको बताइएको छ ।

कोरोनामुक्त भएकाहरुलाई बिहीबार दिउँसो डिस्चार्ज गर्ने प्रदेश १ सकारले तयारी गरेको छ । योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ ।

प्रतिक्रिया