खोजखबर

क्वारेन्टाइनबाट घर फर्केका युवकको मृत्यु

सौर्य अनलाइन २०७७ जेठ २२ गते ११:४३ मा प्रकाशित

सुर्खेत । पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो । उनी गत जेठ ९ गते भारतको मुम्बइबाट आएका थिए ।

बुधबार साढे ४ बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । नगरप्रमुख उपेन्द्रबहादुर थापाले स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ खटिसकेको जानकारी दिए ।

स्वाब परीक्षणको नतिजापछि मात्रै शव दाहसंस्कारको टुङ्गो लाग्नेछ । इलाका प्रहरी कार्यालय बाबियाचौरका इञ्चार्ज प्रहरी निरीक्षक असरफ अलि अन्सारीका अनुसार राति १२ बजेतिर घर पुगेका ती युवकको बिहान सवा २ बजेतिर मृत्यु भएको हो ।

उनलाई घरदेखि ४०० मिटरको दूरीमा मौरीपालनका लागि निर्माण गरिएको घरमा होम क्वारेन्टाइनका रुपमा बसालिएको थियो ।

प्रतिक्रिया