आजकाे मन्त्रिपरिषद बैठकले लकडाउनको मोडालिटी फेर्ने

काठमाडौं । आज अपरान्ह चार बजे मन्त्रिपरिषद् बैठक बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आज बस्ने बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी फेर्ने बारेमा छलफल हुने जनाइएको छ। जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिको गृहकार्यसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा विज्ञहरुसँग परामर्श पनि गरेका छन्। विज्ञको सुझाबअनुसार प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तन गर्न सक्ने जनाइएको छ।

लामो समयको निरन्तर लकडाउनले व्यसाय चौपट भएको भन्दै काठमाडौंका व्यवासायी र स्थानीयले उल्लंघन गर्नेसम्मका चेतावनी दिएपछि सरकारले मोडालिटीबारे गृहकार्य तीब्र बनाएको हो। लकडाउन लम्ब्याउँदै लगे पनि संक्रमण बढदै गएकाले सुरक्षा सतर्कता अपनाउँदै दैनिक व्यवसाय खुला गर्ने गरी लकडाउन मोडालिटी परिवर्तन हुने जनाइएको छ।

प्रतिक्रिया