आज थपिए २०१ जना संक्रमित, कुल संख्या २३०० पुग्यो

काठमाडौं । बुधबार थप २०१ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज २०१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २३०० जना पुगेको छ । पछिल्लो पटक बुधबार जना संक्रमित थपिएका हुन् । यसैगरी, २७८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । ती मध्ये २२२ जना पुरुष र ५६ महिला रहेका छन् ।

साथै, यही संक्रमित मध्येबाट ९ जनाको मृत्यु भएको छ । पछिल्लो पटक कोरोनाबाट दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोनाबाट मृतकको संख्या ९ जना पुगेको हो । ती पुरुषको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया