शंकाश्पद सबै नागरिकको कोरोना परीक्षण

कालिकोट । जिल्लाको पलाँता गाउँपालिकामा बसोबास गर्ने शंकाश्पद सबै नागरिकको कोरोना परीक्षण हुने भएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमका अनुसार आफ्नो पालिका भित्र रहेका कोहि पनि नागरिक कोरोनाका कारण अकालमा ज्यान गुमाउन पर्ने अवस्था नआओस् भन्दै कोरोना रोकथामका लागि अभियान चलाउन लागिएको हो ।

यहि जेठ २३ गते परीक्षणका लागि पिसिआर र आरडीटी मेशिन पुगेपछि नमूना परीक्षण धमाधम हुने जनाइएको छ । पलाँता गाउँपालिकाले पिसिआर ८ सय र आरडीटी ५ सय खरीद गरेको छ । पलाँतास्थीत सरस्वती मावि थिर्पु र ए एन बि अस्पतालमा पिसिआर र आरडीटी शुक्रबारदेखि सुरु गर्ने अध्यक्ष बमले बताए ।

गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पालिका बाहिर बाट आएका नागरीकहरुको सेवामा खटिएका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार लगायतका नागरिकहरुको पनि स्वास्थ्य परीक्षण गरिने भएकाले सम्पर्कमै रहन अध्यक्ष बमले आग्रह गरेका छन् । नमूना परीक्षण गर्ने तयारी रहेको स्थानमा नमूना परीक्षणका लागि प्रोटेबल पिसिआर मेशिनसहित सम्पूर्ण सामग्री खरीद भइसकेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया