महिलामा कोरोना भेटिएपछि सम्पर्कमा रहेकाको पनि स्वास्थ्य परिक्षण

धादिङ । सिद्धलेक गाउँपालिका–५ कुम्पुरकी २३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. विकास देवकोटाले ती महिलामा कोरोना संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएका थिए । गर्भवती ती महिला प्रशुतिको लागि गत जेष्ठ १४ गते धादिङको कुम्पुरबाट काठमाडौं गएकी थिइन् ।

संक्रमीत महिला सिद्धलेक गाउँपालिका– ५ स्थित हिटी गाउँकि हुन् । उनी संक्रमीत भएको पुष्टि भएपश्चात् अब त्यस गाउँमा उनीसँग सम्पर्कमा रहेकाहरुको परिक्षण गर्ने तयारी गरिएको वडाध्यक्ष दिल बहादुर घले प्रकाशले जानकारी दिए । उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालय धादिङ र सिद्धलेक गाउँ पालिकाले बुधबार बिहानैदेखि परिक्षण गर्ने तयारी गरेको छ ।

योसँगै धादिङमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ४ पुगेको छ । यसअघि बेत्रावती डबजोङ गाउँपालिकाका १ जना पुरुष, गल्छी गाउँपालिकाकी १ जना महिला र थाक्रे गाउँपालिकाकी १ जना महिलामा संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएका तिनै जना उपचार गरेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया