तिम्रो मेरो माया

काठमाडौं । गायक विनय कार्कीको आवाज रहेको गीत ‘तिम्रो मेरो माया’ सार्वजनिक भएको छ । सविन लामाको शब्द, विनयकै कम्पोज तथा एरेञ्ज, अशोक महर्जनको मिक्सिङ र मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गौरभ गिरीको निर्देशन रहेको गीतको भिडियोमा उमेश सोनाम, अस्मि श्रेष्ठ, सन्दिप शाहलाई फिचरिङ गरिएको छ । दीपक गिरीको छायांकन रहेको गीतको भिडियोलाई आरोही इन्टरटेनमेन्टले सम्पादन गरेको हो ।

विनयले भ्याइस अफ नेपालमा आफ्नो उत्कृष्ट प्रस्तुतिमार्फत सबैको मन जित्न सफल भएका थिए । गीतको भिडियोलाई एमएमएस इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया