लागुऔषध मुद्दाका फरार प्रतिवादि ससुरालीबाटै पक्राउ

लहान । हिरासत कक्षबाट लागुऔषध मुद्दाका फरार भएको प्रतिवादिलाई सिरहाको विशेष सिभिल प्रहरी टोलिले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय महेशपुरपतारको हिरासत कक्षमा रहेको लागुऔषध मुद्दाका प्रतिवादी जिल्ला सिरहा लाहान न.पा २२ बस्ने वर्ष ३१ का रामअशिष यादव  २०७६ साल ८ महिना १४ गते ईलाका प्रहरी कार्यालय महेशपुरपतारको हिरासत कक्षबाट फरार भएका थिए ।

निजलाई जिल्ला सिरहा न.पा १५ स्थित ससुरालीमा लुकीछिपी बस्दै आएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएको प्रहरीले जनाएको छ ।

निज यादवले हिरासत कक्षमा रहेको अन्य थुनुवाहरुलाई भाग्न उक्साउने मुख्य व्यक्ति रहेको र अन्य अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।

प्रतिक्रिया