प्रवास

नेपाली महिलाको शव कोरियामा अलपत्र

सौर्य अनलाइन २०७७ जेठ १६ गते १२:१४ मा प्रकाशित

सउल । धादिङ, झार्लाङ निवासी मैती तमाङको गत सोमबार यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा काम गर्ने क्रममा एकतला माथिबाट लडेर उपचारका क्रममा उनको मृत्यु भएको हो । गत बैशाख १२ ‘आराबाइट’ काम गर्ने क्रममा लडेका उनको टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रक्तश्रावका भएको थियो ।

घटनापछि तत्काल स्थानीय अस्पतालमा लगिए पनि उक्त अस्पतालमा उपचार असम्भव भएपछि तत्कालै छनानको थानगुक शिक्षण अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको गत सोमबार बेलुका मृत्यु भएको हो ।

तामाङ पाँच वर्षअघि भिजिट भिसामा कोरिया आइ अवैधानिकरूपमा कोरिया बस्दै काम गर्दै आइरहेका थिए । अन्दाजी ४५ वर्षीय तामाङ अवैधानिक भएका कारण कुनै स्वस्थ्य बीमा नभएको र निजको उपचार खर्च लगभग रु एक करोड बिल आएको उनकी बहिनी कविता तामाङले जानकारी दिइन् ।

यो हप्तासम्म बाँकी रहेको बिल तिरी तामाङको मृत शरीरलाई सदगद गर्न सम्बन्धित अस्पतालले आग्रह गरेको छ । तर, उक्त रकम तिर्ने अवस्था नभएको भन्दै तामाङको बहिनी कविताले कोरियाको विभिन्न संघसंस्था, व्यापारी, श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गरिदिन आग्रह गरेकी छिन् । – रासस

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय