स्याङ्जा र नवलपुरका ४ जनामा कोरोना

पोखरा । स्याङ्जा र नवलपुरमा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको वालिङमा क्वारेन्टाइनमा रहेका २६ र २२ वर्षका दुई युवा तथा ३९ वर्षकी एक महिलामा कोरोना देखिएको हो । उनीहरुलाई सदरमुकाममा लैजाने तयारी भइरहेको छ ।

त्यस्तै गण्डकी प्रदेशको बर्दघाटपूर्व नवलपुर देबचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक युवालाई कोरोना देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

प्रतिक्रिया