विप्लव समूहकी नेतृको भारतमा निधन

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहकी पूर्व केन्द्रीय सदस्य तथा अखिल नेपाल किसान महासंघ क्रान्तिकारीकी पूर्व केन्द्रीय अध्यक्ष सविता सिंह बन्दनाको भारतमा निधन भएको छ ।

उनको ४० बर्षको उमेरमा भारतको नयाँ दिल्लीमा निधन भएको हो । महासचिव विप्लवले मंगलबार शोक वक्तव्य जारी गर्दै बन्दनाको अल्पायुमै भएको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन् ।

प्रतिक्रिया