कोरोनाले लियो तीन लाख ४६ हजार बढीको ज्यान

काठमाडौं । कोरानो भाइर संक्रमणका कारण विश्वभर ३ लाख ४६ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ। मृत्यु हुने देशको सर्वाधिक सूचीमा अमेरिका रहेको छ ।

विश्वभर कोरोना संक्रमण हुनेको संख्या ५५ लाख नजिक पुगेको छ। वल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार हालसम्म ५४ लाख ९४ हजार ४ सय ६४ जनामा संक्रमण भेटिएको हो। संक्रमण हुनेको सर्वाधिक सूचीमा अमेरिका पहिलो स्थानमा छ। त्यहाँ १६ लाख ८६ हजार ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ३ लाख ६३ हजार ६ सय १८, रुसमा ३ लाख ४४ हजार ४ सय ८१, बेलायतमा २ लाख ६० हजार ९ सय १६, स्पेनमा २ लाख ८२ हजार ८ सय ५२, इटालीमा २ लाख २९ हजार ८ सय ५८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ ९९ हजार ३ सयजनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३६ हजार ८ सय ८५, इटालीमा ३२ हजार ७ सय ५८, स्पेनमा २८ हजार ७ सय ५२ जनाको मृत्यु भइसकेको छ। विश्वभर २२ लाख ९९ हजार ३ सय ४५ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। तीमध्ये अमेरिकामा ४ लाख ५१ हजार ७ सय २ जना निको भइसेको छन्।

नेपालमा पनि संक्रमितको संख्या ६ सय ८ पुगेको छ। आइतबार नुवाकोटामा पनि संक्रमित भेटिएसँगै देशका ४२ जिल्लामा संक्रमण फैलिएको छ। संक्रमितमध्ये १ सय ५ जनामा अहिले संक्रमणमुक्त भएका छन्। नेपालमा ३ जनाको भने कोरोना संक्रमणपछि मृत्यु भएको छ।

प्रतिक्रिया