एकै परिवारका १८ जनाले जिते कोरोना

काठमाडौं । कोरोना भाइरस संक्रमण भइ वीरगञ्ज नारायणी अस्पतालको आइसोलेसन वार्डमा रहेर उपचार गराएकामध्ये थप १८ जनाले कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन् ।

कोरोनाबाट निको भएर डिस्चार्ज हुनेमा २ महिने शिशु र १० बालबालिका पनि रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार वीरगञ्ज–३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई आइतबार राति डिस्चार्ज गरि घर पठाइएको हो।

आइतबार राति डिस्चार्ज हुनेहरुमा छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष रहेका छन्। उक्त परिवारका ३७ वर्षीय पुरुषलाई बैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यही दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो।

यो सँगै नेपालमा कोरोना भाइरस निको भएर डिस्चार्ज हुनेको संख्या १०५ पुगेको छ।

प्रतिक्रिया