काठमाडौं । आज चार बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेको कार्यप्रगति तथा आगामी दिनमा अपनाउनुपर्ने भूमिका र बजेटका विषयमा छलफल गर्न आइतबार दिउँसो चार बजेका लागि मन्त्रिपरिषद् बैठकको समय तोकेर त्यही अनुसार मन्त्रीहरुलाई डाकिएको थियो ।
तर, दिउँसो फेरि आजको बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको उच्च स्रोतले जनाएको छ । बैठक स्तगित गरिएको कारण भने खुलाइएको छैन ।
प्रतिक्रिया