वर्षा राउतले मागिन् माफी, ‘बोल्दा जिब्रो चिप्लियो’

काठमाडौं । नायीका वर्षा राउतले माफी मागेकी छन् । नेपाल–भारतबीचको सीमा विवादबारे आफूले सामाजिक सञ्जालमा दिएको बयानका कारण विवादीत बनेकी नायीका राउतले सामाजिक सञ्जालबमटै माफी मागेकी हुन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर अन्तरवार्तालाई लिएर जुन हल्ला भयो, त्यसले आफूलाई भावनात्मक ठेस पुगेको बताएकी छन् ।

उनले आफू भावुक स्वभावको भएकोले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढै बस्न खोज्ने बताउँदै भनेकी छन्, ‘प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला, तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताको सम्मानमा अलिकति पनि चुकेकी छैन, अलिकति पनि तलमाथि परेकी छैन ।’

उनले आफूलाई नेपाली हुनुमा गर्व भएको बताउँदै लेखेकी छिन्, ‘ संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र रु त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गीकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।’ उनले लेखेर माफी मागेको स्टाटस यहाँ हेर्न सकिन्छ   

सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन । कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै…

Posted by Barsha Raut on Saturday, May 23, 2020

प्रतिक्रिया