कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ जना पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार प्रदेश अस्पताल सुर्खेतमा पिसिआर परिक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणाका लागि नेपालगन्ज पठाइएको थियो । नेपालगञ्जमा पनि तीनै जनामा कोरोना भाइरस पोजेटिभ देखिएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्बाले बताए ।

उनका अनुसार उनिहरू तीनैजना सुर्खेतका नागरिक हुन् । डाक्टर खड्काका अनुसार सुर्खेत बराहताल गाउँपालिकाका २ जना र चौकुने गाउँपालिकाका १ जनालाई प्रदेश अस्पताल सुर्खेत को आईसोलेसन कक्षमा शुक्रबार नै लगिएको छ । उनिहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र विशेषज्ञ चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।

उनिहरूलाई गएको विहिवार भारतबाट उद्वार गरि ल्याइ बबइमा आरडिटी गरिएको थियो । आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परिक्षण गरिएको हो । यसभन्दा अगाडि दैलेखको आठविस नगरपालिकाका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कर्णाली प्रलेशमा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ ।

प्रतिक्रिया