कोरोना संक्रमित संख्या ५१६ पुग्यो

काठमाडौं । शुक्रबार पुनः ९ जनामा कोरोना पुष्टि भएको छ । आज पुनः ९ जना कोरोना भाइरसका बिरामी पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलेका अनुसार आज बिहान ३०, दिउँसो २० र साँझ ९ जना गरी ५९ जना संक्रमित थपिएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमित संख्या ५१६ जना पुगेको छ । तीमध्ये ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् । यसका साथै, तीन जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया