अवैध उत्खनन् गर्ने लोडर र जेसीबी नियन्त्रणमा

सिरहा । लकडाउनको मौका छोपी अवैध रुपमा नदी उत्खनन् भईरहेको जनगुनासो बढेपछि २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधामले त्यसविरुद्ध निगरानी बढाएको छ ।

प्रदेश २ को जिल्ला महोत्तरीको गौशाला नगरपालिका– ८ स्थित मरहा खोलामा अवैध उत्खनन् कार्य गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र ईलाका प्रहरी कार्यालय गौशाला, महोत्तरी बाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त स्थानमा खनिएको खाल्टोहरु पुरीरहेको अवस्थामा चेसिस नम्बर CLGZL50CCJL65816K को लाेडर थान १, ज १ क ५८४ र ज १ क ५९५ नम्बरको backhoe loader थान १ फेला पारी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गौशालाका डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए ।

उक्त २ वटै लाेडर आवश्यक कार्वाहीको लागि गौशाला नगरपालिका कार्यालय पठाइएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया