काठमाडौं । शुक्रबार संविधान संशोधन विधेयक संसदमा दर्ता गरिएको छ । साे संविधान संशोधन विधेयक सरकारले संसदमा दर्ता गरेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संघीय संसद सचिवालमा पुगेर संशोधन विधेयक दर्ता गरिन् ।
उक्त बैठकमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय भएको थियो ।
प्रतिक्रिया