मोबाइलबाट पढाई सुरु

दैलेख । दैलेख जिल्लाको दुल्लु नगरपालिकाले मोबाइलबाट विद्यार्थीलाई बढाउन सुरु गरेको छ । कोरोना भाइरसको महामारीमा दुल्लु नगरपालिकाले आफ्नो नगरपालिका भित्रका विद्यार्थीलााई मोबाइलबाटै पढाउने भएको हो । यो महामारीको बेलामा नगरले आफ्ना कामहरु लगातार अगाडि बढाउँदै विद्यार्थीलााई समेत मोबाइलबाट बढाउन लागेको छ ।

विश्व यतिबेला कोरोना भाइरसबाट आक्रान्त छ । नेपालमा पनि कोरोनाका बिरामी दिन प्रतिदिन बढिरहेका छन् । नेपाल जस्तो गरिब देशमा यसको उच्च जोखिम झन् झन् बढेको छ । साथै, सरकारले यसको नियन्त्रणको लागि लकडाउन गरेको २ महिना पुग्नै लागेको छ । यस्तो अवस्थामा शिक्षा क्षेत्र पनि अछुतो रहन सकेन । एसइई परिक्षा दिन तयार भइरहेका विद्यार्थीहरुको कोरोनाको कारणले नियमीत अध्ययन बिग्रीन पुगेको छ ।

एसइईको नजिकै लकडाउन गर्नु परेकोले विद्यार्थीको पढाईमा असर परेको भन्दै आफ्नो नगरपालिका भित्रका १४ वटा विद्यालयका करिब एक हजार विद्यार्थीलाई मोबाइलको माध्यमबाट सीकाउन सुरु गरेको बताइएको छ । नगरपलिका भित्रका सबै शिक्षकहरुलाई यसबारे जानकारी गराउँदै विद्यार्थीले समस्या सुनाउँदा मोबाइलबाटै सामाधान गर्ने गरी व्यवस्था मिलाइएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए ।

उनले दैलेखमासमेत कोरोनाका बिरामी देखिएकोले उच्च सतर्कता अपनाउँदै आफ्ना दैनिक क्रियाकलाप गर्न आग्रहसमेत गरे । मोबाइलबाट भए पनि विद्यार्थीका समस्या सामाधान गर्न लागेकोे पन्चकोशी ज्वाला माध्यामिक विद्यालयका प्राध्यानाध्यापक गगनबहादुर खड्काले जानकारी दिए ।

आफूले घरमा स्वं अध्ययन गरी विषयवस्तुमा सम्बन्धित विषयको शिक्षकलाइ बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म जतीबेला पनि मिसकल गर्ने हाग्रह गरिएको छ । विद्यार्थीले मिसकल गर्ने र शिक्षकहरु आफैँले फोन गरेर समस्या समाधान गर्नुपर्ने व्यवस्था मिलाइएको हो । शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउँनको लागि नगरपालिकाले सबै वडामा सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया