अनलाइन कक्षा बन्द गर्न माग

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) ले कक्षा १ देखि ९ सम्मको अनलाइन कक्षा बन्द गर्न माग गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै अनेरास्ववियु सो माग गरेको हो ।

लकडाउनमा विद्यार्थी भर्ना गर्ने बाहना बनाइएको र आधारतभूत तहमा अनलाइन कक्षा प्रभावकारी नहुने भन्दै अखिल क्रान्तिकारीले अनलाइन कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले विज्ञप्ति जारी गरेर काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाहरुमा लकडाउनको बेला विद्यार्थी भर्ना गर्ने उद्देश्यले अनलाइन कक्षा सञ्चालन गरिएको बताउँदै बन्द गर्न माग गरेका छन् ।

प्रतिक्रिया