आन्तरिक मूल्यांकनबाट एसईई परीक्षा गर्न सुझाव

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मुल्यांकनबाट गर्न सांसदहरुले सरकारलाई सुझाव दिएका छन् । कोरोना भाइरसको महामारीका कारण एसईई परीक्षा अनिश्चित भएपछि सांसदहरुले आन्तरिक मूल्यांकनबाटै परीक्षा सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको स्रोतले जनाएको छ ।

बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सांसद गगनकुमार थापाले एसईई खारेज गर्न सुझाव दिएका थिए । यो सालदेखि एसईई नहुने र सम्बन्धित विद्यालयले नै आन्तरिक परीक्षा लिने गरी नीतिगत निर्णय गर्न सरकारलाई उनले सुझाव दिए ।

सांसद थापाले सरकारले शिक्षासम्बन्धी विषयमा स्थानीय तहसँग समन्वय बढाउनुपर्ने बताए । ‘शिक्षा मन्त्रालय संघीयतालाई नमान्ने ठाउँबाट बाहिर निस्कनुपर्यो । शिक्षा मन्त्रालय अहिले पनि आफूलाई मालिक भन्ठान्छ । स्थानीय सरकारलाई दिएको अधिकार खोसेर आदेश दिने होइन’ सांसद गगन थापाले भने ।

प्रतिक्रिया