याे वर्ष एसईई परीक्षा नलिन माग

काठमाडौं । यसवर्ष एसईई परीक्षा नलिन निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपाल (प्याब्सन) ले माग गरेकाे छ । प्याब्सनले एसईईको ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ ।

महामारीका रूपलेले फैलिएको कोरोना भाइरसका कारण परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै मंगलबार एक विज्ञप्ति प्रकाशन गर्दै प्याब्सनले सो आग्रह गरेको हो ।

यसका लागि आवश्यक कानूनी अड्चन फुकाउनसमेत सरकारसँग आफूहरूले आग्रह गरेको प्याब्सनका अध्यक्ष टिकाराम पुरीले जानकारी दिए । गत चैत पहिलो साताका लागि तय भएको एसईई परीक्षा कोरोना भाइरसका कारण स्थगित गरिएको थियो ।

प्रतिक्रिया