जनकपुर । कोभिड–१९ को संक्रमण थप दुई जनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
थप दुईजनामा संक्रमण देखिएपछि संक्रमितको सख्या ५४ पुगेको छ भने पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् । अहिले ३९ जना संक्रमित अस्पतालको आइसोलेशनमा रहेका छन् । संक्रमितलाई कोरोना अस्पताल लगिएको छ । संक्रमितको नजीक रहेका कन्ट्याक्ट ट्रेसिङसमेत भइरहेको जनाइएको छ । पछिल्ला संक्रमितपछि प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा नतिजा अनुसार संक्रमण देखिएको थिएन ।
जनकपुरमा नेगेटिभ देखिएका रौतहटका दुईमा संक्रमण भेटियो, ५४ पुगे संक्रमित
भारतबाट आएका वृन्दाबन नगरपालिका–२४ वर्षीय युवक र अर्का देवाही गोनाही नगरपालिका–३५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । प्रादेशिक अस्पतालमा संक्रमण नदेखिएको उनीहरुको राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको थप परीक्षणमा संक्रमण देखिएपछि प्रयोगशालाको गुणस्तरमा शंका उठेको छ । यसअघि सर्लाही जिल्लाको धनकौल गाउँपालिकाको हरकटवा बस्ने १४ वर्षीय किशोरमा पनि प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा संक्रमण देखिएको थिएन । तर टेकुस्थित राष्ट्रिय प्रयोगशालाको रिर्पोटमा भने उनमा कोरोनाभाइरस संक्रमण देखिएको थियो ।
प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामविनय साहले जनाएअनुसार त्यहाँ गरिएको पीसीआर परीक्षणमा उनीहरूको रिर्पोटमा संक्रमण देखिएन । तर ती किशोरबाट लिइएको नमूनामा टेकुमा गरिएको पुनःपरीक्षणमा संक्रमण देखिएपछि अहिले जनकपुरधाममा भइरहेको परीक्षण बन्द गर्ने निर्णय भईसकेको छ ।
चैत २१ गतेबाट प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण सुरु भएको थियो । हालसम्म एक सय परीक्षण भएकोमा सबै नेगेटिभ आएको थियो । विज्ञहरुका अनुसार मेसिनको खरावी, त्यसमा खटिएका कर्मचारीमा ज्ञानको अभाव, स्वाब संकलनमा हुन सक्ने त्रुटि लगायतका कारण यस्ता समस्या आएको हुन सक्ने बताएका छन् । शुक्रवारदेखि नै प्रादेशिक अस्पतालमा परीक्षण बन्द गरिएको छ ।
पछिल्लो घटनासमेत प्रदेश २ मा कोरोनाभाइरस संक्रमितको सख्या ९ पुगेको छ भने ४ जना उपचारपछि घर फर्किसकेका छन् । संक्रमितहरू मध्ये हाल २ जना पर्सा जिल्लाका, १ जना सर्लाही जिल्लाका र २ जना रौतहट जिल्लाका उपचाररत छन् । देशभरिमा कुल संक्रमितको सख्या ५४ पुग्दा १६ जना निको भएर फर्किसकेका छन् ।
प्रतिक्रिया