नेता सिटौलाका छोराको बिहेमा चार जना जन्ती

काठमाडौं । कोरोना भाइरसका कारण लगाइएको लकडाउनको समयमै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका छोराले विवाह गरेका छन् ।

नेता सिटौलाका छोरा श्यामप्रसाद सिटौलाले आइतबार बिर्तामोडकी मनिषा विमलीसँग लगनगाँठो कसेका हुन् । उक्त विवाहमा नेता सिटौलासहित चार जना जन्ती र दुलहा मुखमा मास्क र हातमा सेनिटाइजर लिएर दुलही लिन पुगेको स्रोतले जनाएको छ ।

दुलहा श्यामप्रसाद नेता सिटौलाका एक्ला छोरा भएको र उनको विवाहमा हुने खर्च कोरोना कोषलाई हस्तान्तरण गरिएको पनि बताइएको छ । जानकारी अनुसार कोरोना भाइरसको संक्रमणसँगै देशमा लागु भएको लकडाउन खुल्ने निश्चित नभएका कारण तोकिएकै मितिमा विवाह गरिएको हो ।

प्रतिक्रिया