नेकपाको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बस्दै छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको स्रोतले जनाएको छ ।

आजै मन्त्रिपरिषद्‌बाट राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि उक्त विषयमाथि छलफलका बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यबहादुर थापाले बताए ।

मन्त्रिपरिषदबाट पार्टी विभाजन गर्न केन्द्रीय समिति तथा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरिएको थियोे ।

प्रतिक्रिया