स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब नकाट्न निर्देशन

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब नकाट्न सरकारले निर्देशन पठाएको छ ।

प्रहरी प्रधान कार्यालयले अधिकृत तहदेखि माथिका प्रहरीको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेपछि सरकारले तलब नकाट्न सोमबार निर्देशन पठाएको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले संकटको बेला फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया