बागलुङकी महिलाको अन्तिम रिपोर्ट नेगेटिभ, डिस्चार्ज गर्ने तयारी

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको पनि अन्तिम रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज गर्ने तयारी भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको पुष्टि गरेका छन् ।

उनले ती वृद्धालाई डिस्चार्ज गर्ने तयारी गरिएको बताए । गत चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उनी चैत ४ गते उनी बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । साथै, अर्की कोरोना संक्रमित काठमाडौंकी एक युवती पनि शनिबारै डिस्चार्ज भइसकेकी की छन् ।

प्रतिक्रिया