काठमाडौं । मोरङकी एक युवतिमा कोरोनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ । एक महिनाअघि भारतको बैङ्लोरबाट नेपाल आएकी २७ वर्षीया युवतिमा र्यापिड डाइग्नोष्टिक टेष्ट आरडीटीबाट रिपोर्ट बिहीबार पोजेटिभ आएको हो ।
थप परीक्षणका लागि उनको स्वाब कोसी अस्पताल लैजाने तयारी भइरहेको छ । बुढिगंगा–३ स्थित सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणका क्रममा एण्टीबडी पोजेटिभ भेटिएको वडा नम्बर १ का वडाध्यक्ष युवराज पौडेलले जानकारी दिए ।
ती युवती गत चैत १० गते भारतबाट नेपाल आएकी थिइन् । योसँगै प्रदेश नम्बर १ मा आरडीटी रिपोर्ट पोजेटिभ आउनेको संख्या दुई पुगेको छ ।
प्रतिक्रिया