प्रवास

साउदीमा चार नेपाली कोरोनाबाट संक्रमित भएको पुष्टि

सौर्य अनलाइन २०७६ चैत २३ गते १७:४४ मा प्रकाशित

काठमाडौं । खाडी मुलुक साउदी अरब रोजगारीको सिलसिलामा गएका चार जना नेपाली पनि कोरोनाबाट संक्रमित पुष्टि भएको छ । नेपाली दूतावास साउदी अरबले चार जना नेपाली कोरोना संक्रमित पुष्टि भएको आइतबार जानकारी दिएको छ ।

उनीहरूको अवस्था स्थिर रहेको नेपाली दूतावास साउदीले जनाएको छ । अहिलेसम्म साउदीमा कोरोनाबाट संक्रमितको संख्या २३ सय ७० पुगेको छ भने २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय