विपन्न परिवारलाई राहत वितरण

काभ्रे । नाला–बनेपा नगरपालिका वडा नम्बर २ ले आफ्नो वडाभित्र रहेका अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । वडाका अति विपन्न परिवार छनौट गरी राहत वितरण गरिएको वडाध्यक्ष हरिशरण घिमिरेले जानकारी दिए ।

राहतमा १५ किलो चामल, १ किलो दाल, १ किलो चिनी, १ प्याकेट नुन, १ लिटर तेल, २ वटा साबुन र अत्यावश्यक समाग्री नगरपालिकाले वितरण गरेको हो ।

राहत सामाग्री वितरण कार्यक्रममा वडाध्यक्ष घिमिरे, वडा सदस्यहरू गंगाप्रसाद घिमिरे, नवराज घिमिरे, कमला घिमिरे, रुपा मिजार, वडा सचिव रामनाथ कायस्थ, सहायक वडा सचिव नन्दप्रसाद घिमिरे लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया