कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ४२ हजार नाघेको छ।

हिजो (मंगलबार) एकैदिनमा ४ हजार ३ सय ३४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट विश्वभर मृत्युहुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ। केही दिनदेखि व्यापक रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण अमेरिकामा मात्रै हिजो ७ सय १९ जनाको मृत्यु गएको छ भने २३ हजार ५ सय ५५ जना नयाँ संक्रमित भेटिएका छन्।

अमेरिकामा हालसम्म १ लाख ८७ हजार ३ सय ४७ संक्रमित हुँदा ३ हजार ८ सय ६० जनाको मृत्यु भएको छ। यस्तै इटालीमा हिजो एकैदिन ८ सय ३७ जनाको मृत्यु भएको छ। इटालीमा १ लाखभन्दा बढी मानिसमा संक्रमण फैलिदा १२ हजार ४ सय २८ जनाको मृत्यु भएको छ।

यस्तै स्पेनमा कारोना संक्रमणबाट कारण थप ७ सय ४८ जनाको मृत्यु भएसँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ। उता जर्मनिमा थप १ सय ३०, फ्रान्समा ४ सय ९९, इरानमा १ सय ४१, बेलायतमा ३ सय ८१ तथा नेदरल्याण्डमा १ सय ७५ जनाको मृत्यु भएको छ।

भारतमा हिजो थप ३ जनाको मृत्युभएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ। १ सय ४६ जना नयाँ संक्रमित भेटिएका छन्। तर कोरोनाको उद्गमस्थल चीनले भने भाइरसलाई संक्रमणलाई शून्यमा झारेको छ। चीनमा हिजो कुनैपनि नयाँ संक्रमित भेटिएको छैन र कुनै मानिसको ज्यान गएको छैन।

प्रतिक्रिया