निजी अस्पताललाई सर्वोच्च अदालतको आदेश

काठमाडौं । कोरोना भाइरसबाट सं‌क्रमित बिरामीको उपचारमा व्यवस्था मिलाउन सर्वोच्च अदालतले निजी अस्पताललाई आदेश दिएको छ ।

सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेलसहितले दायर गरेको रिटमाथि मंगलबार सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासमा आदेश दिएको जनाइएको छ ।

निजी अस्पतालले कोरोना भाइरसका बिरामीको उपचारबाट पछि हट्न नपाउने गरी अन्तरिम आदेश दिएको स्रोतको भनाई छ ।

चीनको वुहान प्रान्तबाट विश्वभर फैलिएको कोरोना भाइरसका कारण हालसम्म ३८ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने लाखौँ मानिस संक्रमित छन् ।

त्यस्तै, नेपालमा पनि कोरोना भाइरसबाट संक्रमणका बिरामी दैनिक बढ्दै गएको छ । अहिलेसम्म नेपालमा पाँच जना फेला परेका छन् ।

प्रतिक्रिया