कोरोनाको आशंकामा कालिकोटबाट युवतीको स्वाब काठमाडौं पठाइयो

कालिकोट । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसकोे त्रासले विश्व हल्लीइरहेको छ । नेपालमा पनि कोरोनाका संक्रमित भेटिन थालेका छन् । (कोभिड १९) संक्रमणको आशंकामा कालिकोटबाट पनि एक युवतीको स्वाब काठमाडौं पठाइएकोे छ ।

चौथो संक्रमण फेला परेका धनगडीका एक युवकसँगै चढेको विमानमा कालिकोटकी युवती पनि सँगै आएको खबर थाहा पाएपछि उनलाई कोरोना संक्रमणको आशांका गरिएको हो । उनको स्वाब सोमबार संकलन गरी काठमाडौं पठाइसकिएको छ ।

मंगलबार दिउँसो काठमाडौं पूगेको युवतीको स्वाबको रिपोर्ट भने आउँन बाँकी रहेकाे स्वास्थ्य सेवा व्यवस्थापक डा. भिष्म पोखरेलले जानकारी दिए । उनका अनुसार बुधबारसम्म युवतीको स्वाब परिक्षणको रिपोर्ट कालिकोट आउँने छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया