जन सहयोग अत्यावश्यक

ललितकुमार यादव

कोरोना भाइरसको संक्रमण विश्वभर तिब्ररूपमा फैलिएको छ । लगभल विश्वको सबै देशमा कोरोना संक्रमण देखिएको छ । मानवीय क्षतिको हिसाबले कोरोनाबाट सबभन्दा बढी पिडीत राष्ट्र इटाली रहेको छ । कोरोना संक्रमण लाई विश्वव्यापी महामारी घोषण गरि सकेको छ, विश्व स्वास्थ्य संगठनले । कोरोना संक्रमण माथि विजय प्राप्त गर्न विश्व एक जुट भएको छ । यद्यपी कोरोना संक्रमण नियन्त्रण हुन सकेको छैन् । कतिपय देशले कोरोना संक्रमण फैलिन नदिन सफल भएको सामाचार पनि छ ।

मानव सभ्यता माथिको खतराको रुपमा कोरोना संक्रमणलाइ लिइएको छ । मानव सभ्यता जोगाउन कोरोना नियन्त्रण अति आवश्यक रहेको छ । नेपाल सरकारले पनि मानव सभ्यता जोगाउने लडाइँको रूपमा कोरोना संक्रमण नियन्त्रणलाइ लिएको छ । यसको लागि नेपाल सरकारले हर सम्भव प्रयास गरिरहेको छ , र आवश्यकता अनुसार उठाउनु पर्ने हर कदम उठाउन आवश्यक पनि रहेको छ ।

दक्षिण पूर्वी ऐसियाली देशहरूमा कोरोना संक्रमण बढ्ने क्रममा रहेको छ । विश्व स्वास्थ्य संगठनले यस क्षेत्रमा संक्रमणको जोखिम रहेको बताएको छ । साथै विशेष सतर्कता र सावधानी अपनाउन सूझाएको छ । पछिल्लो समयमा भारतमा पनि संक्रमण बढेको छ । भारतसँगको खूल्ला सीमाना र आवतजावतले पनि नेपालमा संक्रमणको जोखिम बढाएको छ । यही जोखिमको आँकलन गरेर नेपाल सरकारले सीमानाका सिल गर्ने निर्णय गरेको छ ।

अहिले भारत र चिन दुई तर्फकै नाका सिल गरिएको छ । भारतले पनि नाकामा कडाई गरेको छ, तर मालसामान आपूर्तिमा रोक नलगाइएको सामाचार आइरहेको छ । आपूर्ति रोक्न सक्ने हाम्रो अवस्था पनि छैन । सावधानी अपनाएमा यसले संक्रमणको जोखिम पनि त्यती रहदैन् । चैत्र ४ गते फ्रान्सबाट नेपल आएकी एक १९ बर्षिय युवतीमा कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।

यो खबरको पुष्टी गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चैत्र १० गते पत्राकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूलाई व्यवस्थित गर्न मन्त्रालय चुकेको देखियो । मन्त्रालयकै कर्मचारी पनि अपनाउनु पर्ने सावधानी अपनाएको देखिएन । यसले जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने मौका मन्त्रालयले गुमाएको देखियो। यद्यपि यसलाई ठूलो विषय बनाउनु हुदैन र यो कुनै ठूलो विषय हुदा पनि होइन ।

अहिले टेलिभिजनमा सामाचार हेर्ने क्रममा मन्त्रीहरू बैठक कक्षमा प्रवेश गर्दै गरेको दृश्यहरू दिनहुँ हेर्न पाइन्छ । ती दृश्यहरूमा मन्त्रीहरूको तापक्रम नाप्ने गरेको र स्यनेटाइजर प्रयोग गरेको देख्न पाउनुको साथै सबैले मास्क प्रयोग गरेको समेत देख्न पाइन्छ । यी दृश्यहरुले जनतामा सावधानी अपनाउनै पर्ने रहेको सन्देश प्रवाह गर्ने गरेको छ । यसले जनतालाइ सूचित गर्नूका साथै त्यहा उपस्थित ब्यक्तित्वहरुलाई सम्भावित संक्रमणबाट समेत जोगाउने गरेको छ ।

स्वास्थ्य मन्त्रालयको पत्राकार सम्मेलनमा सावधानी अपनाएको देखिएन । कतिपय टेलिभिजनमा एउटै सोफामा सँगै बसेर अन्तर्वार्ता लिने गरेको दृश्य देखिन्छ । यहाँ पनि भौतिक दुरी कायम गरि दुरी कायम गर्ने सन्देश प्रवाह गर्न जरुरी छ । ‘मुन्द्रेको कमेडी क्लब’ कार्याक्रममा सरकारले तोकेको लगभग सबै सावधानी अपनाएको देखियो । यसले जनतामा सकारात्मक संदेश प्रवाह भयो ।

अहिले नेपाल एक साताको लागि लकडाउन गरिएको छ । भारत नेपालभन्दा अगाडि नै लकडाउनमा गैसकेको थियो। लकडाउनको अबधी बढाएर २१ दिन पुय्राएको छ भारतले । नेपालले पनि लकडाउनको अवधी लम्बयाउनु पर्ने हुन सक्छ । लकडाउनको सूरुवात पनि कोरोनाको उदग्मस्थल चिनको वुहानबाट भएको थियो । लकडाउनको नीति विभिन्न मुलुकले लिएको छ । नेपालले पनि लकडाउनको नीति अवलम्बन गरेको छ ।

कोरोना संक्रमण फैलिन नदिन लकडाउन अत्यावश्यक रहेको छ । लकडाउन सफल पनि भएको छ , तर लकडाउन मात्रले कोरोना संक्रमण नियन्त्रण गर्न सम्भव छैन् । लकडाउन सँगसँगै सबै देशहरुले कोरोना भाइरसको परिक्षण पनि पटक पटक गर्न जरुरी छ । यो विश्व स्वास्थ्य संगठनले सुझाएको सुझाव हो । लकडाउनले कोरोना संक्रमणको चक्र भत्काउन प्रमुख भूमिका निर्वाह गर्छ । जसले गर्दा संक्रमणको दर नियन्त्रण गर्न सकिन्छ ।

लकडाउनमा जानु रहर होइन, राज्यको बाध्यता हो । यसको विकल्प पनि छैन् । लकडाउन भने पनि यो हामी सबै सेल्फ होम क्वरेन्टाइनमा वस्नु पर्ने अवस्था हो । आफ्नो, आफ्नो परिवार, छिमेक, टोल, सामाज, देश र अन्ततः मानव सभ्यताकै लागि हामिले सामाजिक भौतिक दुरी कायम गर्नुपर्ने अवस्था रहेको छ । अहिले सामाजिक दुरी कायम गर्न सकिएन भने कहिल्यै साथ रहन सकिँदैन होला । भविष्यको साथका लागि नै वर्तमानको सामाजिक दुरी जरुरी छ ।

संकट बाजा बजाएर आउँदैन । यो जहीले पनि अचानक आउँछ । कोरोनाविरुद्धको संघर्षको लागि कुनै देश तयार थिएन । नेपाल पनि तयारी अवस्थामा थिएन । सबैले अवस्था र आवश्यकता अनुसारको तयारी गर्दै छन् । नेपाल सरकार पनि यही अवस्थामा रहेको छ । हम्रो स्वास्थ्य प्रणाली कमजोर रहेको छ । हाम्रो अस्पतालको भौतिक संरचना र सुबिधा पनि कमजोर नै छ । यस्तोमा कोरोनाविरुद्धको संघर्षमा हामिले थप चुनौतिको सामना गर्नु परिरहेको छ । सरकार कडाइका साथ कोरोनाविरुद्ध लड्दै छ । हरसम्भव सुरक्षाको उपायहरू अपनाउन सरकार चुकेको छैन् । सरकारले सुझाएको सुझाव र निर्देश हामी जनताले पालना गर्नै पर्छ । यो हाम्रो कर्तव्य पनि हो ।

लकडाउन कुनै आन्दोलन दबाउँन वा कुनै कानुन कार्यावन्यन गराउन सरकारले लगाएको काफ्र्यू होइन । आफ्नै जनताको सुरक्षार्थ सरकारले उठाउनु परेको बाध्यात्मक कदम हो यो । लकडाउनलाई सहजरूपमा ग्रहण गर्न जरुरी छ आम जनताले । लकडाउनको पूर्ण पालना गर्न जरुरी छ । यसको लागि सुरक्षा निकायले बल प्रयोग गर्ने अवस्था सृजना गर्नु हुँदैन आम जनताले । यसले सम्पुर्ण नेपालीलाई संक्रमणको जोखिममा पार्न सक्छ । कोरोनाविरुद्धको लडाइँमा हरेक नेपलवासी घरभित्र बसेर नेपाल सरकारको सिपाहीको भूमिका निर्वाह गर्न जरुरी छ ।

अहिले विश्वसँगै नेपाल पनि संकटमा रहेको छ । संकट कहिल्यै सहज हुँदैन । असहज परस्थितिको निर्माण हुनु नै संकट हो । संकटसँग संघर्ष नगरी विजय प्राप्त गर्न सकिदैन् । भूक्मप र नकाबन्दी बेहोरेको अनुभव ताजै छ, हाम्रो माझमा । संकटमा कृत्रिम अभाव सृजना गर्नु र कालोबजारी गर्नु हुँदैन । यो मानवताको लडाइमा मानवता बेच्न कसैलाइ सुहाउँदैन् । कारागारको भिड कम गर्न सरकारले केही कैदी बन्दी रिहा गर्न सोचिरहेको समय हो, यो ।

यो समयमा कही कतै कुनै व्यापारी व्यवसायीले कारागार जानुपर्ने काम गर्नु हुँदैन । उपभोक्ताले पनि आवश्यकता भन्दा बढी संचय गर्न खरिद गर्नु हुँदैन् । संकटमा अभावकैबिच सहयो गर्नु पर्छ । यसरी आपूर्ति व्यवस्था सहज राख्न सरकारलाई सहयोग गर्नु पर्छ र सहयोग गर्न सकिन्छ । क्वारेन्टाइनबाट केही व्यक्ति भागेको खबर पनि आएको थियो । क्वारेन्टाइनबाट भाग्नु भनेको आफू, आफ्नो परिवार र राज्यलाइ जोखिममा पर्नु हो ।

नेपाल बाहीरबाट आएका सम्पूर्ण व्यक्तिहरू सरकारले तोकेको अवधीसम्म क्वारेन्टाइनमा बस्नै पर्छ । नाकामा आइसकेका नेपालीलाई नेपाल प्रवेश गराउने नेपाल सरकारको दायीत्व हो । यसरी नेपाल छिर्नेहरू क्वारेन्टाइनमा नबसी भाग्नु हुँदैन् । क्वारेन्टाइनबाट भागेर घर जाने र लकडाउनमा घरबाट निस्केर रोडमा आउने कुनैमा बहादुरी छैन् । कोरोना संघर्षमा विजय प्राप्त गर्न सरकारलाई सहयोग गर्नुमा नै बहादुरी र बिरता दुवै छ ।

हात धुने हाम्रो बानी नै छैन् भन्ने होइन । हात हामी सबैले सधै धुने गर्छौँ । हामी मध्ये कतिलाई हात धुने सही तरिक थाह नभएको नहुन सक्छ । अहिले यसमा विशेष ध्यान दिनुपर्ने अवस्था छ । यस्तोमा हात धुने तरिका सिकाउने चित्रहरु पत्रिकाहरुको प्रथम पृष्ठमा, टेलिभिजनको पृष्ठभूमिमा र डिजिटल मेडियाको गृहपृष्ठमा प्रकाशन प्रशारण गरेर सरकारलाई सहयोग गर्नु पर्ने देखिन्छ । यसले जनतालाई सुचित र सजग पनि गर्न सहयोग मिल्छ ।

अचेल विभिन्न कैठकहरूमा भौतिक दुरी काम गरेको हुन्छ । सूचना प्रवाह गर्न भिडियो सन्देशको सहारा लिने गरेको छ । यसले जनतामा राम्रो सन्देश प्रवाह गरेको छ । शिर्ष नेताहरू र चर्चित व्यक्तित्वहरु आफू घरमै बसेको र आम जनताहरूलाई समेत घरमै बसेर सरकारको निर्देश पालना गरी सहयोग गर्न आग्रह गरेको छोटो सन्देश प्रकाशन प्रसारण गर्न सकिन्छ । यसले पनि जनतामा सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ ।

त्रसित हुनु पर्दैन । सावधानी अपनाउनु पर्छ । सरकारसँग स्वास्थ्य सुविधाको कमि छ, तर सरकार आवशयक सामाग्री र उपकरणहरु ल्याउने तयारी गरि रहेको छ र ल्याउने क्रममा रहेको छ । सरकार जनताको ज्यान र देश जोगाउन हरेक कदम चाल्न तयार छ । कोरोना संक्रमणविरुद्धको संघर्षमा सरकारलाई सबैको सहगोगको आवश्यकता रहेको छ । सबैले सहयोग गरी रहेको छ र गर्नु पनि पर्छ । यस संघर्षमा जनताको भूमिका महत्वपूर्ण रहेको छ । जनता सजग र सजग रहेमा सजिलै जित्न सकिन्छ, तर जनताको गल्तीले स्थिति काबु बाहिर पनि जान सक्छ ।

देश र जनताको सुरक्षा गर्नु राज्यको दायित्व हो । यसको जिम्मा सरकारले नै लिनु पर्छ । सरकार आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेको छैन् । कोरोना संक्रमणविरुद्धको संघर्षमा सरकारलाई जनताको सहयोग अत्यावश्यक रहेको छ । सरकारले तोकेको हरेक सावधानी र जारी गरेको निर्देश पूर्ण पालना गर्नु हरेक देशवासी को कर्तव्य हो । सरकार र जनता मिलेर कोरोना संक्रमणलाई प्रास्त गर्नै पर्छ र गर्न सकिन्छ । जनताको सहयोगलाई म जन सहयोग भन्न रुचाउँछु । सरकारले बिजय प्राप्त गर्न अहिलेसम्म यो नै एक मात्र अस्त्र रहेको छ ।

प्रतिक्रिया