आरनेटामा अपरिचित व्यक्तिलाई गाउँ प्रवेश रोक

प्युठान । स्थानिय युवा टोल समाज सुधार समिति प्युठान नगरपालिका २ (आरनेटा झारिवाङ) का युवाहरूको सक्रियतामा अपरिचित व्यक्तिलाई गाउँ प्रवेशमा रोक लगाउँने भएका छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन स्थानीय युवाहरूको सक्रियतामा गाँउ भएर जाने स्थानीय सडकहरूमा बाँस तेर्साएर अपरिचित व्यक्तिलाई प्रवेशमा निषेधमा गरेका हुन् ।

गाउँघरमा भारत तथा तेस्रो मुलुकबाट आउनेको संख्या दैनिकरूपमा बढ्दै गएकोले कोरोनाको खतरा बढ्न सक्ने भन्दै जनचेतनाको लागि माइकिङ गर्दै हिँडेको समितिका अध्यक्ष झगबहादुर जिसिले जानकारी दिए । उनले गाउँटोलमा युवाहरूले कोरोनाबारे जानकारी दिँदै यसका लक्षण तथा बच्ने उपाय साबुनपानीले हातधुने बिदेशबाट आएकाहरूलाई १४ दिन सुरक्षित घरमै बस्न सचेत गराएको बताए ।

आफ्नो गाउँटोलका बाहिर जाँदा–आउँदा साबुनपानीले हात धोएर मात्र प्रवेश गर्न स्थानीयवासीलाई अनुरोध गरिएको छ । यसको लागि ठाउँ–ठाउँमा साबुनपानीको प्रबन्ध मिलाइएको छ । सरकारले हाम्रै स्वास्थ्यलाई ख्याल गरेर हिँडडुल गर्न रोक लगाएको अध्यक्ष जिसीले बताए ।

उनले भने, ‘कोरोनाबाट बच्न हामीले पनि आफ्नो स्तरबाट सावधानी अपनाउन र निगरानी गर्नु आवश्यक छ ।’ सरकारले देशलाई लकडाउन गरेसँगै शहरको बाटो हिँडडुलमा प्रतिबन्ध गरेसँगै गाउँको बाटो प्रयोग गरी क्वाडि–वर्जिवाङ–भिगृ आवतजावत वढेपछि स्थानिय युवाहरूले यस्तो कदम चालेका हुन् । उक्त नियमको उल्लंघन गरेमा प्रहरी प्रशासनको जिम्मा लगाइने छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया