स्वास्थ्य सामग्री लिएर नेपाल आउँदै चिनियाँ विमान

काठमाडौं । चीनको सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले नेपालका लागि सहयोग स्वरुप दिएको काेराेना भाइरस नियन्त्रणका विभिन्न स्वास्थ्य सामग्री लिएर चिनियाँ विमान काठमाडौं प्रस्थान गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको र सो विमान छिट्टै नेपाल आइपुग्ने जानकारी दिएकी छन् ।

राजदूत यान्छीले नेपाल ल्याउन लागिएका स्वास्थ्य सामग्रीहरु प्याक गरिएका कार्टुनका फोटा सेयर गर्दै त्यसमा सिचुआन प्रान्तीय सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले चन्दा दिएका आपतकालीन सामाग्रीहरू, पीपीई, थर्मोमिटरलगायत सामान रहेको जानकारी दिएकी छन् ।

यस्तै चीनको ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले सहयोग गरेको मास्क लगायतका महामारी रोकथाम सामग्रीको पहिलो खेप पनि काठमाडौं आउँदैछ । परीक्षण किटहरु पनि छिट्टै आइपुग्ने काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

प्रतिक्रिया