उद्धारको नाममा पीडित विद्यार्थीबाटै ढाड सेकेर भाडा असुलियो

मुगु । गत बिहीबार नेपालगञ्गको राँझाबाट उद्धार गरिएको भनी प्रचार गरिएका बालबालिकाबाट बस सञ्चालकहरूले ढाड सेक्ने गरी भाडा असुलेको खुल्न आएको छ । कर्णाली प्रदेश सरकारको पहलमा बालबालिकाहरूलाई उद्धार गरिएको भनीए पनि बालबालिका लिएर आएका पाँच वटा बसले विचबाटोमा प्रति बालबालिका चार हजार १५० का दरले भाडा असुलेका हुन् ।

सामान्य अवस्थामा नेपालगञ्जबाट मुगु जिल्ला सदरमुकाम गमगढीसम्मको भाडा प्रति यात्रु दुई हजारका दरले व्यवसायीहरूले लिँदै आएका छन् । काठमाडौंका विभिन्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू सरकारले कोरोना भाइरसको संक्रमण नफैलियोस भन्दै अकस्मात बन्ध गराएपछि घर फर्कन नेपालगञ्ज आएका थिए । नेपालगञ्जमा जहाजको टिकट नपाउँदा लकडाउनले अलपत्र परेपछि उद्धारका लागि बालबालिकाका आफन्त तथा आमा बुवाहरूले आहन गरेका थिए ।

नेपालगञ्जको राँझा विमानस्थलको होटलमा विना खर्च बस्न गाह्रो भएपछि प्रदेश सरकारको पहलमा उद्घार भयो भन्दै बसमा बस्न लगाईयो । तर, बिच बाटोमा आएपछि भाडा उठाउँन थाले । ‘हामी साना बालबालिकाको थोरै भाडा लिन्छन भन्ने सोचेका थियाैँ, तर मानेनन हाम्रोसहित स–साना बालबालिकाको पनि प्रति बालक ४ हजार १५० भाडा लिए, आफूसँग भाडा तिर्ने रकम नभएपछि साथीसँग सापट गरेर बुझाए’, बसमा सवार छायाँनाथ रारा १४ बाम गाँउ घर भएका दानबहादुर बुढाले भने ।

बसमा आएकी लुम्स गाँउकी विद्यार्थी छुमका कठायतले भनिन्, ‘लकडाउन भएपछि कसरी घर पुग्ने होला भन्दै चिन्ता लागेको थियो, केहि अगुवाहरूले प्रदेश सरकारले उद्घार गर्दै छ भनेपछि हामी खुशी भयौँ, सरकार भएको महशुस गर्यौँ, बेखर्ची र अलपत्र परेको बेला बल्ल अविभावकको खाँचो महसुश भयो, बसमा सबैलाई राखियो सबैले भाडाको व्यवस्था प्रदेश सरकारले गरेको हो भन्ने ठाने र हल्ला पनि भयाे, सरकारको जय होस् सम्म भनियाे, सुर्खेत कटेपछि विचबाटो मै ४ हजार १५० का दरले भाडा उठाउँन भनियो, भाडा नतिरे विचबाटो मै छोडेर फकर्ने भन्न थाले चालकहरू, एक ठाँउबाट जसोतसो आईयाे, अझै विचबाटोमा अलपत्र पर्नुभन्दा तत्कालको समस्या समाधान होस् भनी सबैले प्रति व्यक्ति चार हजार १५० भाडा तिर्यौँ ।’

‘कसैले फलानो प्रदेश सांसदले सहयोग गरे भन्थे, कसैले पार्टीका अध्यक्षले पहल गरे भन्थे, त्यो सबै प्रचारबाजी रहेछ, यहाँ सबै बाहिर दाँत देखाएर भित्र लुट्ने मात्र रहेछन् हामी विपद् समस्यामा परेकालाई उद्धार गर्यौँ ।’ सरकारले सहयोग गर्यो भनेर प्रचारमात्र गरिएको रहेछ, हामीलाई देखाएर आफ्नो नाम प्रचारबाजी गर्ने नेता सांसद भनौदाको शरिरमा किरा परोस् भन्दै गाली गर्दै थिए बसमा आएका यात्रुहरू’, उनले पुःन भनिन् ।

नेपालगञ्ज राँझाका विभिन्न होटेलहरूमा करिव १८८ बालबालिका र मुगु आउँने अन्य स्थानियहरू देश लकडाउन घोषणा भएपछि अलपत्र परेका थिए । ‘उनीहरूलाई गत बिहीबार ५ वटा बसको व्यवस्था मिलाएर पठाएका हाैँ, कोही सरकारले सहयोग गरेको आफूलाई थाहा नभएको र मौकाको चौका हानेर कोहिले प्रचार गरेका होलान्,’ बसका पहलकर्ता स्थानिय प्रेम रोकायाले भने । उनले थपे, ‘भाडाबारे यात्रुले आफैँ दिने भनेका थियाैँ, तर यो भाडा चर्को नभई सामान्य भाडा हो ।’

उद्घारका लागि आफुहरूलाई कुनै समन्वय र कुनै सरकारबाट औपचारिक रूपमा जानकारी नभएको र अनौपचारिक रूपमा प्रदेश साामजिक विकास संघीय मन्त्रालयको आग्रहमा बालबालिका र गृह मन्त्रालयको अनुमतीमा लकडाउनका बेला बस चल्न अनुमती दिएको र दैलेखको तल्लो डुन्गेश्वरमा बस पुगेपछि सुरक्षााकर्मी र स्थानिय प्रशासनले बस रोकेपछि बल्ल आफूहरूले बस आएको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा फोन गरेपछि बालबालिका भएकाले बस छोडन दैलेख प्रशासनलाई फोन भएपछि बस मुगु हिँडेको र यात्रुहरूका लागि बस रिजर्व गरेको भन्ने सुनेको सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले बताए ।

उक्त बसमा सवारा १८८ बालबालिकासहित अन्य यात्रुलाई शुक्रबार राती ११ बजे जिल्ला अस्पताल चिकित्सकको टोलीले स्वास्थ्य चेकजाँच गरी १४ दिनसम्म आ–आफ्नै घरमा बस्न र घर बाहिर ननिस्कन सल्लाह दिँदै घर पठाएको पनि सहायक प्रजिअ ज्ञवालीले बताए । स्वास्थ्यकर्मीहरूको टोलीसहित नगरप्रमुख हरिजंग शाही, समन्वय प्रमुख पुर्णबहादुर रोकाया, प्रजिअ कृष्णकुमार निरौला दिउँसो नै मुगु जिल्ला प्रवेशस्थल बुलबुले पुगे पनि बसहरू राती ११ बजे पुगेपछि बालबालिका र अन्य यात्रुहरूको ज्वरोमापन राती नै गरेर उनीहरूलाई घर पठाईएको थियो । अहिले उद्धार गरिएका बालबालिकाका अविभावक तथा अन्य स्थानियहरूले कर्णाली प्रदेश सरकारलाई प्रश्न गर्ने गरेका छन् ।

प्रतिक्रिया