स्वास्थ्य

हात धोएर मात्र गाउँपालिकामा इन्ट्री

सौर्य अनलाइन २०७६ चैत १५ गते १४:२८ मा प्रकाशित

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्न बाहिर जिल्लाबाट आउनेलाई हात धोएर मात्र प्रवेश गर्न दिएको छ । गाउँपालिका भित्रिने नाकामा साबुनपानीसहित स्वास्थ्यकर्मी खटाइएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् ।

गुरुङका अनुसार लकडाउनको समयमा पनि अत्यावश्यक काम विशेषले अन्यन्त्र जिल्लाबाट आउनेलाई हात धुन लगाइ कोरोना सचेतनासम्बन्धी परामर्श दिने गरिएको छ । ज्वरोलगायत सामान्य स्वास्थ्य परीक्षणसमेत गरिने र शंका लागे अस्पताल पठाइने छ ।

गाउँपालिकाले १० श्ययाको क्वारेनटाइन तयार गरिएको छ । वडा नं ४ कुरिनटारमा सात श्यया र वडा नं ५ मुग्लिनमा तीन श्ययाको क्वारेनटाइन तयार गरिएको अध्यक्ष गुरुङले जानकारी दिइन् । उनले अहिले हालै विदेशबाट आएकाहरुको तथ्यांक संकलन गर्ने काम भइरहेको र आवश्यक परे सबै वडामा क्वारेनटाइन बनाइने बताइन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय