लकडाउन उल्लंघन गर्ने सवारीसाधन प्रहरी नियन्त्रमा

पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले लकडाउन उल्लंघन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । बजारमा सञ्चालन भएका पास विनाका मोटरसाईकल १८ थान र दुई वटा चारचक्के टयाक्सी नियन्त्रमा लिएको डिएसपी सिद्धराज न्याउपानेले बताए ।

नियन्त्रीत मध्ये एक सवारीलाई लकडाउन र मापसे मुद्दासमेत चलाइएको छ । नियन्त्रीत सवारीसाधन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालय पाँचथरबाट पास नलिइ चलाइएका साधनहरू नियन्त्रणमा लिइएको हो ।

सरकारले नागरीकलाई घर बाहिर ननिस्कन र घरमै बस्ने घोषणालाई लागू गर्न सुरक्षाकर्मी, जिल्ला ट्राफिक प्रहरीहरू बिहानैदेखि बजारका सडकहरूमा तैनात रहेका छन् ।

लकडाउन पछि साना तथा ठूला भित्रि सडक र बजारहरू ठप्प रहेको डिएसपी न्याउपानेले जानकारी दिए । जिल्ला प्रशासनले दिएको पास वाला सवारीसधानलाई समेत सुरक्षाकर्मीले रोकेर केरकार गरेको छ । प्रशासनको सिफारिसमा पम्पबाट तेल वितरण गर्नसमेत व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया