अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार ६२ हजार बढी संक्रमित भेटिएका छन्। सबैभन्दा बढी अमेरिकामा मात्रै १७ हजार नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लाे डाटासँगै अमेरिकामा संक्रमितको संख्या १ लाख २ हजार पुगेको छ। यो विश्वको सबैभन्दा धेरै संख्या हो। अमेरिकामा हालसम्म ६ लाख ८५ हजार मानिसमा कोरोना परीक्षण गरिएको उपराष्ट्रपति माइक पेन्सले बताएका छन्।

यस्तै इटलीमा अहिलेसम्म ८६ हजार ४ सय संक्रमित भेटिएका छन्। चीनमा ८१ हजार ३ सय ४० संक्रमित भेटिएकामा झण्डै ७५ हजार निको भइसकेका छन्। ३ हजार २ सय ९२ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट सबैभन्दा बढी इटलीमा ९ हजार १ सय मानिसको मृत्यु भएको छ।

प्रतिक्रिया