सिन्धुपाल्चोकमा चार आइसोलेशन वार्ड

सिन्धुपाल्चोक । कोरोना भाइरसबाट सङ्क्रमण हुने बिरामीको उपचारका लागि जिल्लामा चारवटा ‘आइसोलेशन वार्ड’ को व्यवस्थापन गरिएको छ । सदरमुकाम चौतारास्थित जिल्ला अस्पताल, मेलम्ची र बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा सो सेवा उपलब्ध गराइने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला समन्वय समितिको नयाँ भवन र मेलम्ची नगरपालिकाको नवनिर्मित भवनलाई समेत आइसोलेशन वार्डका रूपमा प्रयोगमा ल्याइने जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए । प्रत्येक पालिकामा एक क्वारेन्टाइन चारैवटा केन्द्रमा गरी जम्मा १७ श्ययाको आइसोलेशन तयारी गरिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।

‘१७ श्ययाको आइसोलेशन तयारी अवस्थामा छ’, अधिकृत चापागाइँले भने, ‘बाह्रै वटै स्थानीय तहले कम्तीमा एक क्वारेन्टाइनका लागि तयारी गरेको छ ।’ उनले सबै आइसोलेशन स्वास्थ्य केन्द्रमै सञ्चालन हुने हुँदा औषधि र स्वास्थ्यकर्मी उपलब्ध भएको समेत बताए । हालसम्म जिल्लामा कोरोना भाइरससँग लक्षण मिल्ने बिरामी नभेटिएको पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया