कोरोना संक्रमित चीन र इटलीभन्दा अमेरिकामा बढी

कोरोनाभाइरस संक्रमणको पछिल्ला डाटा अनुसार सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा देखिएको छ।

जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ संक्रमितको संख्या ८२ हजार चार सय पुगेको छ। चीनमा कुल संक्रमितको संख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार छ।

संक्रमितको संख्या धेरै देखिनुमा राष्ट्रपति डोनल्ड ट्रम्पले भने, ‘धेरै परीक्षण गरेको कारण भएको हो ।’ आवश्यक औषधोपचार सामग्री नभएका गुनासोलाई उनले अस्वीकार गरेका छन्।

प्रतिक्रिया