लकडाउनको तेस्रो दिन सुनसान सडक, सुरक्षामा कडाइ

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगाउन ।गरेको लकडाउनको तेस्रो दिन काठमाडोंका सडक बिहानैदेखि सडक सुनसान छन्।

सरकारले उपत्यकाका चोक चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । लकडाउनको पहिलो र दोस्रो दिन भन्दा बिहिबार (आज) सुरक्षाकर्मीले थप कडाइका गरेको छ ।

लकडाउनको पहिलो दिन ६८ जना पक्राउ परेका थिए भने दोस्रो दिन सय भन्दा धेरै पक्राउ परेका थिए । नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि सरकारले थप कडाइका साथ लकडाउन कार्यान्वयनको रणनीति बनाएको छ।

सुरक्षाका लागि देशका केही ठाउँमा जनपथ, सशस्त्र प्रहरीसँगै नेपाली सेनाको टोली पनि परिचालित गरिएको छ। दोस्रो दिन बुधबार केही ठाउँमा सुरक्षाकर्मीले बल प्रयोग गर्नु परेको थियो भने केही ठाउँमा युवाहरुलाई उठबस गराएर छाडिएको थियो। प्रहरीले लकडाउनलाई थप कडाइका साथ लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको बताएको छ ।

प्रतिक्रिया