कालिकोटमा २५४ क्वारेन्टाइन र आइसाेलेशन स्थापना

कालिकोट । विश्वभरि महामहारीको रुपमा फैलियको कोभिड–१९ कोरोना भाईरस रोकथामका लागि कालिकोटका स्थानिय तहमा क्वारेन्टाइन बनाइएको छ ।

जिल्लाको पंचदेव उच्च माध्यमिक बिद्यालय मान्ममा २८ बेडको क्वारेन्टाइन बनाईको छ । कालिकोटमा हाल राष्कोट नगरपालिकामा १ सय, खाडाँचक्र नगरपालिकामा ४९, शुभकालीका गाउँपालिीमा ४०, पचालझरना गाउँपालिकामा २० र नरहरीनाथ गाउपालिकामा ५ सहित २ सय ५४ बेडको क्वारेन्टाईन निर्माण गरिएको छ । सवै ठाउँमा क्वारेन्टाईन वनाउँन विद्यालयहरु प्रयोग गरिएको छ ।

विश्वमा महामारीको रुपमा कोरोना भाईरस फैलिएकाले मानिस निरास बन्दै गएका छन् । कोरानालाई लक्ष्यित गरी होटल व्यवसायी संघ, को विशेष पहलमा उद्योग बाणिज्य संघ, जिल्ला प्रशासन, नेपाल आर्मी, जिल्ला प्रहरी कार्यालय , रेडक्रस, जिल्ला स्वास्थ्य कार्यलय, खाँडाचक्र नगरपालिका , शसत्र प्रहरी बलको विशेष पहल र सहयोगमा २८ बेडको क्वारेन्टाइन बनाइएको हो ।

कालिकोटको स्टार होटल चन्द्र सुर्यका प्रोप्राईटर जनक बहादुर शाहीले २८ बेडको क्वारेन्टाइनले नपुगे आफ्नो होटल दिने बताएका छन् । शाहीले महामारीको रुपमा फैलियको कोभिड–१९ लाई नियन्त्रण तथा रोकथाम गर्न सबै एकहुनु पर्ने बताएका छन् ।

यस्तै कोरोना भाईरसबाट बच्न नरहरिनाथ गाउँपालिकाले सर्तकता र चेतनामुलक कार्यक्रम जनताको माझ सारेको छ । १ देखि ९ वडासम्म वडा अध्यक्ष र स्वास्थ ईन्चार्जको सहजिकरणमा कोरोनाको बारे जानकरी गराउने, कोरोना भाईरसको जोखिमबाट बच्न प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा आइसाेलेशन कक्ष स्थापना गर्ने भएको छ ।

जिल्लाको साविकका ५ गाविसका विद्यालय जनप्रभात मावि लालु, शान्ति मावि रातीमाटा, जनता मावि, रुप्सा मावि कुमालगाउँ र नन्दादेवी मावि कोटवाडामा क्वारेन्टाइन र खुलालुमा , कोटवाडाको पानी ट्याङकीमा हेल्थ डेस्क राख्ने गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्टले बताए । साथै गाउँपालिका भित्र बसोबास गर्ने जनतालाई १० हजार मास्क वितरण गर्ने पनि अध्यक्ष बिष्टले बताएका छन् ।

यसका साथै पालिको निर्णय अनुसार गाउँमा हुने सबै प्रकारका सामाजिक उत्सव र भेलामा रोक लगाईएको छ भने अन्य जिल्ला तथा गाउँपालिका भित्र आवत जावतमा रोक लागाइएको छ । भारत तथा अन्य ठाउँबाट आएका मानिसको रेकर्ड राखि चेकजाँच गरि रोगको प्रकृति हेरी सोही स्थानमा राखिने छ ।

प्रतिक्रिया